March 19, 2024
EnglishNepali
ताजा जानकारी

कार्यजिम्मेवारीहरु

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
कार्यजिम्मेवारीहरु

प्रदेश सरकार (कार्य विभाजन) नियमावली २०७८ बमोजिम यस मन्त्रालयको कार्य विवरण तपसिल वमोजिम रहेको छ :

१. कलकारखाना र औद्योगिकीकरण सम्वन्धी नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन र नियमन ।
२. औद्योगिक व्यवसाय प्रवद्र्धन र नियमन ।
३. उद्योग दर्ता, अनुमति, नविकरण, खारेजी एवं नियमन ।
४. प्रदेशस्तरको औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको स्थापना र बिस्तार ।
५. औद्योगिक भौतिक पुर्वाधार विस्तार सम्बन्धी योजना र कार्यान्वयन ।
६. औद्योगिक विकास र प्रवद्र्धन ।
७. औद्योगिक वस्तुको निर्यात प्रवद्र्धन ।
८. प्रादेशिक सार्वजनिक संस्था/संस्थानको विकास, औद्योगिक विकास र प्रवद्र्धन, प्रवद्र्धन र नियमन ।
९. प्रादेशिक पर्यटन विकासको नीति, कानून, मापदण्ड र योजना निर्माण, पुर्वाधार विकास र नियमन ।
१०. पर्यटक प्रहरी तथा पर्यटकीय मेलाहरुको ब्यवस्थापन ।
११. पर्यटकीय होटल, रिसोर्ट, लज, ट्राभल, ऐजेन्सी, धार्मिक तथा साँस्कृतिक पर्यटकीय क्षेत्रहरुको दर्ता, अनुमति, नवीकरण र नियमन ।
१२. प्रदेशस्तरमा वन क्षेत्रको नीति, कानून, मापदण्ड, योजना र नियमन ।
१३. वन, वनस्पति, वन्यजन्तु र जैविक विविधता सम्वन्धी प्रादेशिक संग्राहलय ब्यवस्थापन ।
१४. प्रदेशस्तरमा संरक्षण क्षेत्र र चरन क्षेत्रको ब्यवस्थापन ।
१५. हात्तिसार तथा चिडियाखानाको ब्यवस्थापन ।
१६. जडिबुटी खेती प्रविधि प्रवद्र्धन, विस्तार तथा बजारीकरण सम्बन्धी नीति, कानून र नियमन ।
१७. जडिबुटीजन्य बिरुवाहरुको Pharmacological अध्ययन तथा जडिबुटीजन्य उत्पादनहरुको Microbial Activity तथा PRA
Database सम्वन्धी अध्ययन अनुसन्धान ।
१८. वन वातावरण सम्वन्धी विषयमा प्राविधिक सुचना तथा सेवा प्रवाह ।
१९. वन अतिक्रमण तथा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी नीति, समन्वय र सहयोग ।
२०. प्रदेश स्तरका वनस्पति उद्यान तथा हर्वेरीयमहरुको ब्यवस्थापन र वनस्पति पहिचान तथा अभिलेखीकरण सम्वन्धी नीति र व्यवस्थापन ।
२१. प्रदेश स्तरमा वातावरणीय संरक्षण तथा स्वच्छता सम्वन्धी नीति, प्रविधि विकास र ब्यवस्थापन ।
२२. वातावरणीय सुचना प्रणालीको स्थापना ।
२३. प्रदेश स्तरमा वातावरणीय जोखिमका लागि तयारी र उद्धार ।
२४. प्रदेश स्तरमा वातावरणीय प्रयोगशालाको स्थापना, सञ्चालन र ब्यवस्थापन ।
२५. प्रदेश स्तरमा जलाधार संरक्षण तथा उलउपयोग नीति, प्रविधी बिकास, व्यवस्थापन।
२६. प्रदेश भित्र भू–स्खलन नियन्त्रण।
२७. प्रदेश स्तरका जैविक विविधताको यथास्थान र परस्थान संरक्षण एवं लाभाँस बाँडफाँड।
२८. उपभोक्ता हक अधिकार संरक्षण तथा प्रवर्धन, उपभोक्ता जागरण कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा अनुगमन।

© २०७९ उद्योग, पर्यटन तथा वन मन्त्रालय | सर्वाधिकार सुरक्षित